यस बर्ष यी पाँच मध्ये कुन फिल्मले जित्ला अवार्ड ? यस्तो छ अनुमान

Spread the love

छायाँछवि क्रिएशनको आयोजनामा हुने डि सिने अवार्डको मनोनयनमा फिल्महरु ए मेरो हजुर ३, डमरुको डण्डीबियो, यात्रा अ म्यूजिकल भ्लग, छक्का पञ्जा –३ र प्रसाद गरी जम्मा पाँच फिल्म पर्न सफल भएको छ । यस वर्ष यी ५ फिल्मले उत्कृष्टताको लागि प्रतिस्पर्धा गर्ने भएको हो । सयको हाराहारिमा रिलिज भएको फिल्महरुबाट चार दर्जन भन्दा बढि फिल्म डि सिने अवार्डमा सहभागी भएका थिए ।

प्रसाद समीक्षकको नजरमा रुचाइएको फिल्म हो भने यसको लगानि सुरक्षित उन्मुख तर्फ रह्यो । त्यस्तै, व्यापारिक रुपमा सफल नरहे पनि समीक्षकबाट रुचाइएको अर्को फिल्म हो डमरुको डण्डी वीयो । फिल्म ए मेरो हजुर ३ र यात्रा हाल सिंगल थिएटरमा तेश्रो हप्तामा सफलताका साथ प्रर्दशन भईरहेको छ । अर्को फिल्म छक्का पञ्जा ३ व्यापारिक रुपमा सफल फिल्म रहेको थियो ।


यी बाहेक पनि अब्बल फिल्महरु २०७५ मा रिलिज भएतापनि डि सिने अवार्डको नोमिनेशनमा सहभागी भएको थिएन । जस कारण उत्कृष्टको सुचीमा अटाउन सकेन । जुन फिल्म उत्कृष्ट हुन्छ, त्यहि फिल्मको तुलनामा त्यसको कलाकार र निर्देशकलाई हेर्ने दृष्टिकोण पनि फरक हुन्छ ।

यसर्थ यस बर्ष सुचीमा रहेको पाँच फिल्म मध्ये बाट व्यवसायिक रुपमा हेर्ने हो भने छक्का पञ्जा ३ अगाडी पर्छ । सुचीमा रहेको फिल्म मध्येबाट विषयवस्तुको आधारमा फिल्म प्रसाद अब्बल रहन सक्ने अनुमान छ । यस बर्षको उत्कृष्ट फिल्म डि सिने अवार्डमा कुन हुने हो त्यो अवार्डकै दिन थाहा होला ।

यो पनि पढ्नुस

फ्यानसंग अभिनेत्री पूजा शर्माको जन्मदिन भब्य सेलेब्रेशन : फ्यानले दिए आकाश र पूजालाई सुनको सिक्री उपहार ( फोटो / भिडियो फिचर )

नायिका पूजा शर्माले यस अगाडि आफ्ना जन्मदिन धेरै पटक मनाइन् होला । तर, २७ औं बर्षमा प्रवेश गर्दै गर्दा उनको जन्मदिन विशेष रहन पुग्यो । नायिका पूजा शर्माले आफ्ना फ्यानहरुमाझ जन्मदिन सेलिव्रेशन गरेकी छिन् । काठमाण्डौको एक रेष्टुरेन्टमा फ्यानहरुकै आयोजनामा पूजा र नायक आकाश श्रेष्ठले केक काटे ।

नायिका शर्माले फ्यानहरुमाझ केक काट्दै भनिन्–‘मलाई यति धेरै माया फ्यानबाट पाउँछु भन्ने लागेको थिएनँ । यो माया नै मेरा लागि सबैभन्दा अमुल्य छ ।’ पूजा शर्माका करिब २ दर्जन फ्यानले एकसाथ भेला भएर उनको जन्मदिन सेलिव्रेशन गरेका थिए । जन्मदिनमा पूजालाई फ्यानहरुले सुनको सिक्री उपहार दिए । पूजालाई मात्र होइन, आकाशलाई पनि फ्यानहरुले सुनको सिक्री उपहार दिएका थिए । पूजा र आकाशलाई अन्य थुप्रै गिफ्ट ह्याम्पर पनि फ्यानहरुले उपहार दिएका थिए ।

पूजा शर्माको हार नमानी अगाडि बढ्ने शैली र हरेक कुरामा स्पष्ट बोल्ने बानी आफूहरुलाई विशेष मनपर्ने उनका फ्यानहरुले बताए । पूजा र आकाशको जोडी सबैभन्दा उत्कृष्ट लागेको उनीहरुको भनाई थियो । जन्मदिन विशेष कार्यक्रममा बोल्दै नायक आकाश श्रेष्ठले पूजाको पथमा आफू हिडेको बताए । पूजा जस्तो आफू पनि अगाडि बढ्ने र अरुलाई पनि सँगै लिएर जाने साथी पाएकाले आफू उनीसँग नजिक भएको उनले सुनाए ।