in

एक सुन्दरीसँग गहिरो प्रेममा दयाहाङ राइ, भिडियो भयो भाईरल

Spread the love

काठमाडौँ । चर्चित गायिका मेलिना राई र गायक हरि लम्सालको आवाजमा ‘परानै दिन्छु’को म्यूजिक भिडियो सार्वजनिक भए लगत्तै यसको चर्चा चुलीएको छ । माया प्रेमले कुनै बर्ग , रंग र जात नहेर्ने साथै यो जतिबेला जोसँग पनि हुनसक्ने कुरालाई नजिकबाट केलाएको भिडियोमा छचल्किएको प्रेमलाई निर्देशक निकेश खड्काले जीवन्त तरिकाले पस्किन सफल देखिएका छन् ।

हरेक मानिसको जीवनमा जतिबेला पनि प्रेम सम्भव छ र जीवन माया र प्रेमको समिश्रण हो भन्ने कुरालाई जस्ताको त्यस्तै पस्किएको भिडियोमा पछिल्लो समयका र्चित नायका दयाहाङ राइको शानदार अभिनय रहेको छ । जसमा दयालाई कलकार लक्ष्मी बर्देवाले अभिनयमा साथ दिएकी छिन् । हरि लम्सालको संगीत रहेको यो गीतमा प्रल्हाद शाहका उत्कृष्ट शब्द शृजना समावेश छन् ।

लामो समयदेखि निरन्तर कला साहित्यको क्षेत्रमा कलम चलाइरहेका गीतकार शाहले यो गीतमा सरल तथा उत्कृष्ट ढंगबाट मौलीक लाग्ने शब्दमा बग्दा जो कोहीले पनि गीतमा आफ्नो प्रेम र म्रेमले बोल्ने मर्मलाई सहजै महशुस गर्न सक्छन् । विकाश धमलाको सम्पादन, बुद्ध थापाको छायांकन रहेको भिडियो टुवेल्भ नोट्स मार्फत बजारमा आएको हो ।

What do you think?

Written by amargeet

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

नव नायिकाको अवार्ड सुहानाको पोल्टामा

१२ वर्षीया बालिकाको दुवै मिर्गौलामा समस्या, परिवारद्वारा सहयोगको अपिल (शेयर गरौ)