in ,

नव नायिकाको अवार्ड सुहानाको पोल्टामा

Spread the love

नायिका सुहाना थापा चलचित्र ए मेरो हजुर ३ बाट नेपाली सिने जगतमा भित्रिएकी हुन्। पहिलो चलचित्रमा नै उनी दर्शकको प्यारी बन्न पुगिन्।
साथै उनको काम दर्शकले मात्र नभएर चलचित्रकर्मी लगायत समिक्षकले पनि मुक्तकण्ठले प्रशंसा गरेका छन्।

त्यतिमात्र नभएर उनले पहिलो चलचित्रबाट नै सर्वोत्कृष्ट नव नायिकाको अवार्ड जित्न सफल भएकी छिन्। हिजो राजधानीमा आयोजित डि सिने अवार्ड मा सुहानाले उत्कृष्ट नायिकाको अवार्ड हात पारिन्। सुहाना अवार्ड पाएकोमा निकै नै खुसी छिन्।
उनले सबैको माया र साथको लागि धन्यवाद समेत दिएकी छिन् । त्यस्तै धिरज मगरले चलचित्र इन्टु मिन्टु लण्डनमा बाट सर्वोत्कृष्ट नव नायकको अवार्ड जित्न सफल भए ।

What do you think?

Written by amargeet

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

अन्तत एकसाथ सडकबाट गर्जीए: बालुवाटार-सिंहदरबार कसैको बाजेको सम्पति हैन,दिए चेतावनी

एक सुन्दरीसँग गहिरो प्रेममा दयाहाङ राइ, भिडियो भयो भाईरल