in , ,

आँचलको ‘माया पिरती’ मा सागर र सुशील ( भिडियो )

Spread the love

गायक तथा कलाकार तिलक बस्नेत र मोलासा आलेमगरको स्वरमा ‘माया पिरती’ बोलको गीत सार्वजनिक भएको छ l उक्त गीतले सार्वजनिक भएको २ दिनमै निकै लोकप्रियता पाएको छ l उक्त गीत युट्युब ट्रेन्डीङ्गको २१ औ स्थानमा परेको छ l २ दिनमै ६ लाख पटक भन्दा बढी हेरिएको गीतले टिक टिकमा निकै लोकप्रीयता हासिल गरेको छ l गीतमा गायक बस्नेतकै शब्द र संगीत छ l

शिब बिकको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोलाई एट.के एभरेस्ट मोसन पीक्चर्स प्रा.ली.ले बजारमा ल्याएको छ l अर्जुन तिवारीले खिचेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् l गीतको भिडियोमा आँचल शर्मा, सागर लम्साल (बले) र सुशील तामाङको अभिनय रहेको छ l

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0