अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बलिउड अभिनेता आमिर खानले एक दिनको श्रमदान गरे । बुधबार बिहानैदेखि श्रीमती किरण रावका साथ मुम्बईमा श्रमिकहरुसँग मिलेर उनले सडक खन्ने काम गरे ।
गर्मी र चर्को घामको प्रवाह नगरी आमिरले पानीको पाइप बिछ्याउन गाउँमा मजदुरसँग मिलेर खाल्डो खने । आमिर खान स्वयम् उपस्थित भएर मजदुरसँग बेल्चा र गैंती चलाउँदै काममा व्यस्त भएपछि गाउँलेहरू सुरुमा चकित परे तर माहोल सामान्य पार्दै आमिरले सबैलाई आफुसँगै काम गर्न उत्साहित पारे र दिनभर उनीहरुसँगै काम गरे ।
आमिर खानलाई हेर्न मात्र आएका कतिपयले उनीसँगै दिनभर श्रमदान गरेका थिए यसरी आमिरको साथमा धेरैले श्रमदान गर्दा गाउँमा धेरै दिन लाग्ने काम एकै दिनमा सम्पन्न भएको मुम्बई खानेपानी परिचालन केन्द्रले जनाएको छ । केन्द्रले यसका लागि आमिरलाई धन्यवादसमेत दिएको छ ।
श्रमदानको भिडियो अभिनेता खानले बेलुका सामाजिक संजालमा शेयर गर्दै सम्पूर्ण श्रमिकहरुलाई शुभकामना दिए । उनले काम ठूलो सानो नहुने भन्दै एक दिन भएपनि श्रमिकहरुसँग नजिकिंदा उनीहरुको परिश्रम र समस्यालाई नजिकबाट बुझ्ने माैका मिलेकाे बताए ।
यो पनि पढ्नुस..
प्रकाश कटुवाल र श्रीजु अधिकारीको घमासान लाभ दोहोरि – नाजिरले दोहोरी गाउँदा नाचिन् बर्षा (लाइभ दोहोरी)
नायक नाजिर हुसेनले दोहोरी गीत पनि गाउन सक्छन् भन्दा अचम्म लाग्न सक्छ । तर, जति राम्रो अभिनय गर्छन् उनी त्यती नै राम्रो दोहोरी गाउन पनि सक्छन् ।
सुत्र इन्टरटेनमेन्टको लाइभ दोहोरी कार्यक्रममा चर्चित लोक दोहोरी गायक प्रकाश कटुवाल र सिर्जु अधिकारीले दोहोरी गाउँदै गर्दा उपस्थित भएका नाजिर र बर्षाले दोहोरी गाएनन् मात्र कम्मर मर्काई मर्काई नाचे ।
हाल बिर विक्रम २ फिल्मको प्रचार प्रसारमा रहेका उनीहरुको लाइभ दोहोरी र नाच हेर्नुहोस् :