in ,

अब केही घण्टामा नेपालसम्म नै बंगालको खाडीबाट शक्तिशाली आंधी हुरी आउने : जारी भयो आपतकालिन सूचना

Spread the love

काठमाडौ । काठमाडौं उपत्यका लगायत देशैभरीको मौसम केही दिनदेखि बद्लिरहेको छ । पश्चिमी वायुको प्रभावले गर्दा नेपालको मौसममा पनि प्रभाव परेको बुझिएको छ । बंगालको खाड़ीबाट आएको चक्रवाती तूफान ‘फेनी’ले अबको केही घण्टामा नेपाल लगायत भारतीय दक्षिणी राज्यहरुमा ठुलो आतंक मच्चाउन सक्ने देखिएको छ ।

भारतीय मौसम विभागले तूफानको असर तमिलनाडु, केरल र आन्ध्र प्रदेशमा पर्ने बताएको छ । फेनी तूफानले गर्दा दक्षिण पश्चिम बंगालको खाड़ीमा भारी वर्षात हुन सक्ने देखिएको छ । मौसम विभागले पुडुचेरी, तमिलनाडु र दक्षिण आन्ध्र प्रदेशमा ३ मे सम्म माछा मार्नको लागि नजानु भन्दै चेतावनी दिएको छ ।

चेन्नईका क्षेत्रीय तूफान चेतावनी केन्द्रका निर्देशक एस बालाचन्द्रका अनुसार अबको २४ घण्टामा यो तुफानले यी तीन राज्यमा ठुलो आतंक मच्चाउन सक्छ । बालाचन्द्रले फेनी नाम बंगलादेशको सुझावको आधारमा दिइएको जनाउनु भएको छ ।

तमिलनाडु र पुडुचेरीको तटीय क्षेत्रमा हावाहुरीको सम्भावना सँगै वर्षा हुने देखिएको छ । केरेल राज्यमा भोली र पर्सी हावाहुरी सहितको भारी वर्षाको सम्भावना रहेको छ । मौसम विभागले तमिलनाडुको तटीय ३० अप्रिल र १ मे मा सावधान रहन चेताएको छ ।

फनी आँधीले गर्दा पर्सी बंगालको खाडी क्षेत्रमा ठुलो हावाहुरीको सम्भावना रहेको छ । यसको असर नेपाल तराईका धेरै जिल्लाहरुमा पनि पर्ने देखिएको छ । पर्सी यस क्षेत्रमा चक्रवतीको रफ्तार १२० देखि लिएर १४५ किमि प्रतिघण्टा रहने देखिएको छ

नेपालको तराई र बंगालको खाड़ीको दक्षिण–पश्चिम र पश्चिम–मध्य क्षेत्रमा आतंक मच्चाएपछि उक्त आँधी दक्षिण भारततर्फ जाने बताइएको छ । उत्तरी तमिलनाडु, पुडुचेरी र दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १ मे को बेलुकासम्म पुग्ने देखिएको छ ।

उक्त क्षेत्रमा हावाको रफ्तार १५५ देखि लिएर १७५ किमि प्रतिघण्टा रहने बताइएको छ । अबको केही दिन नेपालले पनि सावधान भइरहनु पर्ने देखिएको छ ।
Source https://www.bhaskar.com/national/news/cyclonic-storm-fani-bay-of-bengal-alert-in-chennai-tamil-nadu-andhra-pradesh-and-kerala-01532705.html?

यो पनि हेर्नुहोस

‘सारेगमप’ मा आयुषको प्रस्तुतीले गुञ्जियो स्टेजमा “वान्स मोर वान्स मोर” ( भिडियो सहित )

भारत र नेपालमा समेत लोकप्रिय रहेको चर्चित सिंगिङ रियालिटी शो “सारेगमप लिटिल च्याम्स”मा नेपालका दुई बालकहरुले नेपाल र नेपाली प्रतिनिधित्व गरिरहेका छन् । इटहरीका प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसी । यी दुई बालकहरुले आफनो चमत्कारी गायन क्षमताबाट नेपालीहरुको मात्र होईन भारतीयहरुको समेत मन जितिरहेका छन् ।

यो पनि हेर्नुहोस

एक पछि अर्काे गर्दे सानदार प्रस्तुती दिईरहेका उनीहरु जब मन्चमा ढाका टोपी लगाएर उत्रिन्छिन् तब हरेक नेपालीहरु गौरवको महसुस गर्छन् । उनीहरु साथै रहेका भारतीय प्रतिष्पर्धीहरुमाथि भारी पनि पर्दै आईरहेका छन् । सो कार्यक्रममा आज प्रसारण भएको भागमा आयुष केसीले अद्भुत प्रस्तुती दिएका छन् ।

एक था टाइगरमा समाबेश गीत कच्ची डोरिया बोलको गीत गाएका आयुष आजको प्रस्तुतीमा सबैमाथि भारी परेका छन् । रोमाण्टिक र सफ्ट गीत गाउन माहिर आयुषले आज यस्तो प्रस्तुती दिए की मञ्चमा यस सिजनमा सम्भवत पहिलो पटक वान्स मोर गुञ्जिएको थियो । उनलाई जुरीबाट सय प्रतिशत नम्बर दिए । जसको कारण उनले चार्ट बस्टर पर्फेन्स दिए । जज सान , ऋचा शर्मा , अमाल मलिकले आयुषको उच्च प्रशंसा गरे ।

अतिथीको रुपमा आएकी चर्चित गायिका नेहा भाषिनले पनि आयुषको प्रशंसा गर्दै शोको सबैभन्दा धेरै क्रेडिट नै उनलाई दिनु पर्ने बताईन् । शोको सुरुवाती चरणमा उनलाई सय प्रतिशत ल्याउन केही कठिन भईरहेको थियो तर पछिल्लो ४ ५ एपिसोडमा लगातार उनले चार्ट बस्टर पर्फेन्स दिईरहेका छन् । यो उनको आगामी यात्राका लागि निकै महत्वपुर्ण छ । किनकी जति सय प्रतिशत ल्यायो त्यती नै अगाडी बढ्न उनलाई साहयता मिल्नेछ । जे होस आयुषले आफनो प्रस्तुतीबाट नेपालीसंगै भारतीयहरुको मन जित्दै गर्दा उनीप्रति सबैले गर्व महसुस गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0