in , ,

नेपाली फिल्ममा मजदुरको अवस्था

Spread the love

फिल्म क्षेत्र होस् या चाहे जुनसुकै क्षेत्र मजदुरले मजदुरी नै गर्ने हो । क्षेत्र र पेशाको आधारमा काम फरक भएपनि मजदुरीको उद्देश्य आफु बाँच्नु र अरुलाई बचाउनु हो । यसलाई संकुचित र व्यापक अर्थमा ब्याख्या गर्न सकिएला । तर मजदुरले नै हरेक कुरालाई सार्थक बनाउने निश्चित हो । देशलाई समृद्ध बनाउने हो । यसरी नै फिल्म क्षेत्रमा पनि मजदुरको आफ्नै विशेषता र कार्यहरु विभाजन भएको छ । फिल्ममा काम गर्ने प्राविधिकहरुमात्र मजदुर हैनन् । फिल्मका लेखक, निर्देशक देखि कलाकार पनि एक किसिमले मजदुर नै हुन् ।

हरेक मजदुर दिवसमा मजदुरको हक हित र अधिकारका निम्ती विभिन्न कार्यक्रमहरु आयोजना हुने गर्छ । तर, फिल्म क्षेत्रमा यो विषयमा कार्यक्रम भएको पाईदैन । मजदुरहरुको समस्या र गुनासो सुन्ने र उनीहरुको अधिकारको लागि आवाज उठाउन यस्ता कार्यक्रमहरुले मद्दत गर्छ । फिल्म क्षेत्रमा प्रत्यक्ष रुपमा प्राविधिक संघको यसमा जिम्मेवारी रहने हुन्छ । तर, चलचित्र प्राविधिक संघले हाल सम्म यस्तो कार्यक्रमको आयोजना गरेको भने छैन । बर्षेनी प्राविधिक संघमा मजदुरहरुले आफ्नो पसिनाको मूल्य नपाएका गुनासाहरु राख्छन् ।

बार्षिक रुपमै ५० लाख भन्दा बढि रकम मजदुरहरुको परिश्रमबाट निर्माताहरुको आडमा रहेको हुन्छ । यस बर्ष पनि तीन दजर्न भन्दा बढि प्राविधिक अर्थात मजदुरहरुले आफ्नो पारिश्रमिक नपाएको दुखेसो हरु बाहिरिएका छन् ।
१० बर्ष अगाडी र अहिलेको अवस्था फिल्म क्षेत्रमा नितान्त परक भएको छ । ३०० सयमा प्रतिदिन काम गर्ने प्राविधिकहरुको परिश्रम अहिले ३००० पुगेको छ । यस्तै २५००० हजारमा काम गर्ने फिल्म सम्पादकहरुको मूल्य अहिले ४ लाख पुगेको छ ।

३० हजारमा फिल्म खिच्ने क्यामरा पर्सनहरु अहिले ६ लाख माग गर्छन् । मजदुरीको हिसाबले परिश्रम बढिरहेको छ । यो स्वभाविक पनि हो । कतिपय क्षेत्र र काम अनुसार कम र धेरै मात्रामा वृद्धि पनि भएको छ । अर्थात प्राविधिकहरुको एउटै अनुपातमा वृद्धि हुन सकेको छैन । जति मजदुरहरुको परिश्रममा वृद्धि भईरहेको छ त्यति परिश्रम फस्दै गईरहेको देखिन्छ । सबै मजदुरहरुले आफ्नो पसिना बराबरको परिश्रम फिल्म क्षेत्रमा पाउन नसकको गुनासोहरुले त्यो प्रष्ट हुन्छ । यस्तो अवस्थामा नेपाली फिल्मले पनि गुणस्तरमा वृद्धि गर्न सक्दैन ।

एउटा फिल्ममा काम गर्ने एक जना मात्र मजदुरले काममा अल्छि गरे भने त्यो काम खस्किन्छ । खस्केको एउटा कामले अर्कोलाई प्रभाव पार्छ र त्यसको कारण पुरै फिल्मलाई असर हुन्छ । एउटा फिल्मबाट कलाकार, निर्देशक, निर्माता रातारात स्टार बन्छन् । धन्याध्य बन्छन् । तर, मजदुर जहाँको तहिँ हुन्छ । आफु बाँच्न र आफ्नो परिवारलाई बचाउनको लागि आफुले काम गरेर आफ्नो क्षेत्रलाई समृद्धितर्फ लान अनवरत लागिरहनुभएका मजदुरहरुको कदर गरौं । सम्मान गरौं । कुनै पनि फिल्मले मजदुरको परिश्रम तिर्न नहिच्किचाऔं ।


यो पनि पढ्नुहोस् : प्राविधिकको पैसा तिर्दैनन् निर्माताहरु, अनमोल र सुहानाको फिल्मको पनि बाँकी

केही समय अघि फिल्मबाट समयमा पारिश्रमिक नपाएको भन्दै कलाकार राजाराम पौडेलले फेसबुक मार्फत दुखेसो पोखे । तर, पछि कुरा मिल्यो । समय समयमा कलाकारहरु पनि पारिश्रमिकको भुक्तानी समयमा नपाएको गुनासो आउने गर्दछ । पर्दामा देखिने कलाकारहरु मात्र होइन पर्दा पछाडिका प्राविधिकहरु पनि पारिश्रमिक समयमा नपाउने समस्याबाट पीडित छन् । निर्माताबाट समयमा पारिश्रमिक नपाउने, दिन्छु भन्दै महिनौ झुलाउने गरेको गुनासो आउने गर्दछ ।

प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार अहिले प्रविधिकहरुले पचास लाख भन्दा बढि रकम फिल्मबाट पारिश्रमिक पाउन बाँकी रहेको बुझिएको छ । एक प्राविधिकको नभएर सबै प्राविधिकहरुले सबै फिल्मसँग गरेर पचास लाख भन्दा बढि रकम लिनुपर्ने गुनासो हरु प्राविधिकमा रहेको उनको भनाई छ ।

किन दिइन्छ ढिलो भुक्तानि ?

फिल्मको छायाँकन अघि काम पाएको खुशीमा कम रकम लिएर छायाँकनमा जाने प्राविधिकहरुले बीचमा निर्माता सँग रकम माग्दा छायाँकनको समस्या रहेको गुनासोहरु आउने गर्छन् । पछि छायाँकन समाप्त पछि रकम दिने सहमति हुन्छ । सम्पादन हुदै फिल्म रिलिजको लागि तयार हुन्छ । प्रमोशनमा पनि खर्च लाग्ने हुन्छ । त्यहि कारणले रिलिजमै पनि पारिश्रमिक दिन निर्माताहरुलाई समस्या पर्छन् । पछि फिल्म रिलिज पछि दिन्छु भन्दै प्राविधिकको चित्त बुझाउँछन् । फिल्म रिलिज पछि निर्माताहरु गुमनाम हुन्छन् । यस्तो समस्या फिल्म क्षेत्रमा प्राय बढि रहेको छ ।

अर्को तर्फ ठूला ब्यानरका निर्माताहरुलाई विश्वास गरेका कारण पनि कतिपय प्राविधिकहरुले समयमै पारिश्रमिक पाएको हुदैन । संघका अध्यक्ष पुष्कर लामाका अनुसार अहिलेसम्म झन्डै डेढ दर्जन नेपाली फिल्मका प्राविधिकले आफ्नो श्रमपसिनाको मूल्य पाउन सकेका छैनन् ।

लामाका अनुसार जय पर्शुराम, ‘कुम्भकर्ण’, ‘रणवीर’, ‘क्विन’, ‘रोमियो’, ‘प्रेमलीला’, ‘नालापानी’, नेप्टे, ‘भो माया लाउँदिनँ’, विराङ्गाना, जय शम्भु, ‘द म्यान फ्रम काठमाडौं’, ‘लाहुरे’, ‘बमकाजी’, ‘ए मेरो हजुर २’, ‘ए मेरो हजुर ३’ लगायत फिल्ममा जोडिएका प्राविधिकले आफूले पाउनुपर्ने रकम पाएका छैनन् । अन्य वृत्तचित्र र म्युजिक भिडिओ प्राविधिकको पनि पारिश्रमिक उठाउन सकेको छैन ।

ठूला ब्यानरमा पनि समस्या

संचार माध्यममा अन्तरवार्ता दिँदा तीन करोडको फिल्म बनाउँछौं हामी । प्राविधिकको पैसा बाँकी राख्दैनौं भन्ने निर्माताहरुले पनि प्राविधिकको पारिश्रमिक रोकिराखेका हुन्छन् । यस्तै सुहाना ईन्टरटेन्मेन्टका ‘ए मेरो हजुर ३’ का निर्माता सुनील कुमार थापाले पनि आफूहरूले तिर्नुपर्ने हिसाब बाँकी नरहेको दाबी गरेका थिए ।

तीन करोड लगानीमा फिल्म बनाउनेले १ लाख किन बाँकी राख्छ ?’ उनले एक मिडियामा भने । ए मेरो हजुर ३ मै क्यामेरा तथा सरसामग्री व्यवस्थापन हेर्ने विष्णु कल्पितले ३५ हजार रुपैयाँ लिन बाँकी रहेको दाबी गरे । यता निर्माताले एकथरी बोलिराख्दा अर्कोतिर प्राविधिकले पारिश्रमिक नपाएको गुनासो आईरहेका हुन्छन् । यसमा ए मेरो हजुर ३ उदाहरण मात्र हो । जय पर्शुराम, क्याप्टेन, द ब्रेकअप, मेरि मामु लगायतका ठूला ब्यानरका फिल्महरुले पनि प्राविधिकका रकम तिर्न बाँकी रहेको छ । फिल्मी फण्डा बाट साभार गरिएको…

What do you think?

Written by amargeet

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

यस बर्ष यी पाँच मध्ये कुन फिल्मले जित्ला अवार्ड ? यस्तो छ अनुमान

‘पौडेलले बालुवाटारकाे जग्गा राजाको शाससन कालमै किन्नु भएको हो, हडपेकाे होइन’: प्रधानमन्त्री ओली