in , ,

फिल्म असफलका कारण : स्क्रिप्ट चोर्नेदेखि कमजोर निर्देशनसम्म

Spread the love

बर्ष २०७५ नेपाली फिल्मको लागि कालो बर्षको रुपमा रह्यो । ८० प्रतिशत फिल्मको लागनी बालुवामा पानी सरह भयो । १५ प्रतिशत फिल्मले केही लगानी मात्र फिर्ता गर्यो भने पाँच प्रतिशतले लगानी सुरक्षित र नाफाको कारोवार गरेको अनुमान छ । लगातार नेपाली फिल्म असफल किन भईरहेको छ ? निर्माताहरु दर्शक छैनन् भनिरहेका छन् । हलमा दर्शक बेलाबेलामा खचाखच पनि हुन्छ । आखिर समस्या के हो ? यो विषयमा फिल्मकर्मीहरुले खोज अनुसन्धान गर्न सकिरहेको छैन ।

वास्तवमा फिल्म टिमले बनाउने हो । निर्देशकले निर्देशन गर्ने र निर्माताले लगानी गर्दैमा उत्कृष्ट फिल्म बन्दैन । पुरा समूहनै उत्कृष्ट रुपमा प्रस्तुत हुन सक्नुपर्छ । तरपनि फिल्म असफलको पहिलो र प्रमूख दोषि चाहीँ निर्देशक नै हो ।
उत्कृष्ट कथा, उत्कृष्ट टिम र उचित लगानी नभई छायाँकनमा जानु र उक्त फिल्म निर्देशन गर्नु नै निर्देशकको ठूलो कमजोरी हो । तर, नेपालमा यो स्विकार्न तयार छैनन् निर्देशकहरु । फिल्म असफल हुन्छन्, लेखक, कलाकार, वितरक र निर्मातालाई दोष देखाउँछन् । यस्तो हर्कत नेपाली फिल्ममा देखिदै आएका छन् । यो पूर्ण रुपमा निर्देशकले लाच पचाएर आफ्नो बाटो खुल्ला गर्नु मात्र हो ।

हालै लभ स्टेशन निर्देशन गरेका निर्देशक उज्वल घिमिरेले फिल्म असफल भएपछि कथा लेखकलाई दोष देखाए । यस्तै नैतिक पटन भएका निर्देशकहरुका कारण नेपाली फिल्म कमजोर भएका हुन् । उनलाई आरोप छ, कथा टर्किस फिल्मबाट चोरेको । उनकै कुरा मान्ने हो भन्ने कथा लेखकले चोरे रे । उनले चाल पाएनन् रे ठिकै छ । तर निर्देशन पक्ष हेर्दा किन फ्रेम टु फ्रेम मिल्छ त ? के यसमा निर्देशकको कमजोरी छैन । प्रोपर्टि वाईज सिन पनि जस्ताको तस्तै । संवाद समेत मिल्छ ।

यस्तो अवस्थामा के बुझ्न सकिन्छ भने, निर्देशकले विदेशी फिल्म हेर्ने अनि लेखकलाई जस्ताको तस्तै उतार्न लगाउने । अनि फिल्म असफल हुन्छ र निर्देशक भन्छन् नेपालमा कथा लेख्ने मान्छे छैन । त्यहि भएर विदेशी फिल्म चोर्नुपर्ने बाध्यता छ । लज्जास्पद पनि कति हदसम्म, फिल्मको क्याप्टेन भनिएका निर्देशकले यस्ता गैर जिम्मेवार अभिव्यक्ति समेत दिन्छन् । लेखक सुवास सिंह बस्न्यात र निर्देशक उज्वल घिमिरे त प्रतिनिधी पात्र मात्र हुन् । यस्तो पात्रहरु नेपाली फिल्ममा कति हो कति । यहाँ लेखकहरु पाएसम्म पुरै नभए आँशिक भएपनि विदेशी फिल्मबाट प्रभावित भएकै हुन्छन् ।

प्रभावित भएर लेख्नु त राम्रो हो । तर, सोझै फिल्म नै चोर्छन् । प्लट नै जस्ताको तस्तै चोर्छन् । सक्कल बमोजिम नक्कल । यस्ता लेखकहरुबाट नेपाली फिल्मले फड्को मार्ने कहिले ? अनि यस्तो टाई न टुईको कथा मन पराएर फिल्म निर्देशन गर्ने निर्देशकहरु पनि कम दोषि चाँही हैनन् । यहि बीचमा केही राम्रो लेखकहरु पनि छन् । जसले नेपाली दर्शकको रोजाई र नेपाली समाजको परिवेश अनुसार कथा लेखिरहेका छन् । यस्तो कथामा भने कथाकार नभई निर्देशक र टिमको कारण फिल्म असफल हुने गरेका छन् । जसको दोषि निर्देशक हुन् ।

वास्तवमा नेपाली फिल्मले प्रविधि र निर्माण दुई पक्षमा निकै फड्को मारिसकेको छ । १५ लाख मा निर्माण हुने फिल्म १० बर्षमै ३ करोडमा पुगेको छ । क्यानको जमानादेखि डिजिटल र ८ के सम्मको अपडेट भएकै छ । तर कथा लेखकको पारश्रमिक त्यो अनुसार वृद्धि भएको भने छैन । एउटा फिल्ममा प्रवेश गरेका कलाकारले दोश्रो फिल्ममा १० लाख, तेश्रो र चौंथौंमा ३०/४० लाख माग गर्छन् । तर, कथा लेख्ने मान्छेलाई मन खोलेर पाँच लाख बजेट छुटाउन पनि डरमराउँछन् निर्माताहरु ।

हुन त आफ्नो क्रियशनलाई पैसासँग जोडेर कमजोर कथा लेख्ने र चोरेको कथा भिडाउने कथाकारहरु पनि दोषि छन् । यो भन्दैमा निर्देशक भने अछुटो हुदैन । त्यस्तो कथामा काम गर्ने निर्देशक उतिकै जिम्मेवार हुन् । यसले गर्दा कमजोर फिल्महरु निर्माण हुन्छन् । कमजोर फिल्मका कारण फिल्महरु असफल हुन्छन् । यसले निर्मातालाई त प्रत्यक्ष असर पारि नै हाल्छ । फिल्मी बजारलाई पनि असर पारेको हुन्छ । कमजोर फिल्महरुको बाढिले गर्दा बर्ष २०७५ जस्तै कालो बर्ष मान्नु पर्ने हुन्छ ।

यसले नेपाली फिल्मको बजारलाई निरन्तर ओरालो गति र निराशाजनक अवस्थामा पुर्याउँछ । यसर्थ पछिल्लो समय नेपाली फिल्म कमजोर बन्नु र असफल हुनुका मूख्य कारण निर्देशक नै हुन् । त्यसपछि कपिपेष्ट कथाकारहरु । जबसम्म उत्कृष्ट कथा बनाउन कथाकार र निर्देशक पूर्ण रुपमा लाग्दैनन् वा निर्माताले त्यो वातावरणको सिर्जना गर्न सक्दैन तबसम्म नेपाली फिल्महरु असफलमै सिमित हुन्छ ।


यो पनि पढ्नुहोस् : नेपाली फिल्मको कथा कसरी कमजोर ?

नेपाली फिल्मको गुणस्तर नसुध्रनुमा लगानीलाई दोष दिने गरिन्थ्यो । जसलाई वलिउड वा हलिउडका फिल्मसँग तुलना गर्दै भनिन्थ्यो फलानो फिल्मले गरेको पब्लिसिटीको खर्च बराबर त एउटा पूरै नेपाली फिल्मको बजेट हुन्छ । तर, बिग बजेटका फिल्महरु पनि बलिउडमा फ्लप भए र थोरै बजेटका फिल्मले बक्स अफिसमा सफल रहेको प्रमाणित गरे ।

बधाई हो, राजी, अन्धाधुन, स्त्री, सन्जु लगायतका बलिउड फिल्महरु सन २०१८ मा सफल रहे । यसबाट ठुलो बजेटबाट मात्र सफल फिल्म निर्माण हुने होइन भन्ने स्पष्ट देखिन्छ । नेपाली फिल्मको कमजोरी लाई बाहिरी देशको फिल्मसँग तुलना गर्नेको हकमा पनि यो कुरा लागु हुन्छ । फिल्म सफल हुनुको कारण स्टार वा बजेट मात्र नभएर स्क्रिप्ट प्रमुख रहेको फिल्मकर्मीहरुले बताउदै आएका छन् ।

रजतपटका स्क्रिप्ट लेखनलाई हलुका रुपमा लिइने आरोप वेलावेलामा फिल्मकर्मीले लगाउदै आइरहेका छन् । दशतिरबाट जम्मा पारेको कथामा स्क्रिप्ट लेखेको आरोप पनि बेला बेलामा लाग्ने गर्दछ । राम्रो राइटर नभएर स्टोरी कपि गर्नुपरेको बताउने निर्देशक समेत कलिउडमा भईसके । निर्देशक उज्वल घिमिरेले फिल्म लभस्टेशनको कुरामा यस्तै तर्क गरेका थिए ।

यस्ता निर्देशकहरुले गर्दा पनि नेपाली फिल्म कमजोर बन्दै गईरहेको छ । चोरेको फिल्ममा लभस्टेशनमात्र हैन कोहलपुर एक्सप्रेस, बाबुकान्छा, जय शम्भु, रणवीर, रामकहानी, कायरा लगायत दर्जनौं फिल्महरु छन् । सबै फिल्म पूर्ण चोरी भने हैन । केही अंशहरु चोरेको देखि पूर्ण फिल्म नै चोरेको उदाहरणहरु नेपाली फिल्ममा बर्ष २०७५ मा देखिएका छन् ।

निर्माता कलाकार दीपकराज गिरी नेपाली फिल्म क्षेत्रमा दक्ष स्क्रिप्ट राइटर नभएर फिल्म नचलेको बताउँछन् । दीपक भन्छन्–‘फिल्म राइटरहरुलाई लेखनको कार्यशाला नै राख्नुपर्छ’ । नेपाली फिल्म स्क्रिप्टमा कमजोर रहेको उनको भनाइ छ । स्क्रिप्ट लेखकलाई लेखनको कार्यशाला राख्नुपर्नेमा सकरात्कम छन् फिल्म लेखक तथा समीक्षक सामिप्यराज तिमील्सिना ।

लेखकलाई ग्रो अप गर्नु राम्रो कुरा रहेको र लेखक सँगसँगै अन्य क्षेत्रका फिल्मकर्मीहरुलाई पनि कार्यशाला राख्नुपर्ने उनी बताउँछन् । तर फिल्म असफल बन्नुमा लेखक भन्दा निर्देशक बढि जिम्मेवार हुन्छन् । स्क्रिप्ट अनुसार स्टोरी टेलिङ गर्न नसक्नु, भिजुअली क्रियशन नराख्नु निर्देशकका समस्याहरु पनि छन् ।

यस विषयमा सम्बन्धित पक्षको ध्यान जान सकेको छैन । दशक अगाडी फिल्म लेखरकहरुको एउटा जमात समूहले लेखक संघ स्थापना पनि गरेका थिए । तर त्यो अहिले कहाँ छ, स्वयम लेखरकहरुलाई पनि थाहा छैन । तर, अहिलेका लेखकहरु मिलेर अन्तर्क्रिया पनि गर्न सकिन्थ्यो । त्यो पनि देखिएन । निर्माता संघले यस विषयमा चासो दिनुपर्ने हो त्यो पनि भएन ।

बिकास बोर्डका नव नियुक्त अध्यक्ष केशव भट्टराईले भने केही समयमै विधागत कार्यशालाहरु संचालन गरिने बताएका छन् । फिल्म नचल्नुको मूख्य कारणमा कथा नै कमजोर भएपनि कम्तीमा कथा, पटकथा तथा संवाद लेखकहरुलाई भेला गरेर कार्यशाला गर्नुपर्ने अन्त्यन्त आवश्यकता देखिएको छ । फिल्मी फण्डा बाट साभार गरिएको…

What do you think?

Written by amargeet

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

अब केही घण्टामा नेपालसम्म नै बंगालको खाडीबाट शक्तिशाली आंधी हुरी आउने : जारी भयो आपतकालिन सूचना

‘आफ्नै’ ले लुटेको त्यो कलिलो शरीर : बुबुहरु बढेर अहिले स्तन भए, सुसु बढेर ‘गुप्ताङ्ग’