in ,

बङ्गालको खाडीमा बनेको चक्रवातको असर नेपाल परेपछि सबै उडान ठप्प: विमान वङ्गला आधा घण्टासम्म आकाशमै ‘होल्ड’

Spread the love

काठमाडौँ– बङ्गालको खाडीमा बनेको चक्रवातको असर नेपालको हवाई क्षेत्रमा पनि परेको छ । चक्रवातको असरले हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम विज्ञान विभाग जनाएपछि आन्तरिक उडान पुर्णतया प्रभावित बनेको छ । त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल प्रमुख राजकुमार क्षत्रीका अनुसार सवै आन्तरिक उडानहरु शुक्रबार बिहान १० बजेदेखि ठप्प छन् ।

अन्तर्राष्ट्रिय उडानहरु भने नरोकिएको उनले बताए । त्यस्तै प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा अवतरण गर्न आएको विमान बंगला भने आकासमा आधा घण्टादेखि होल्ड गर्नुपरेको महाप्रवन्धक क्षेत्रीले जानकारी दिए । उनका अनुसार बुद्ध एयरको झापा काठमाडौ र विराटनगर काठमाडौका दुई उडान उतै फर्काइएको छ ।

पूर्वी हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले हेलिकोप्टर उडान नगर्न गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले यसअघि नै अपिल गरिसकेको छ ।

What do you think?

Written by amargeet

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

दाङमा खतरनाक हावाहुरी र पानीले लाखौको क्षतिःछानो उड्यो, विद्यालय र घर भत्कियो

आखिर किन छात्तीभरि यस्तो ट्याटु खोपेर विदेश उडे क्याप्टेन विजय लामा ? ( हेर्नुस भिडियो रिपोर्ट )