अघिसम्मकी ‘मोडल रक्षा श्रेष्ठ’ अहिले ‘भद्रगोलकी रक्षा’को नामले परिचित छन् । विगत डेढ वर्षदेखि हास्य टेलिशृंखला भद्रगोलमा आवद्ध भएपछि उनको परिचय फेरिएको हो । परिचय मात्र फेरिएको छैन, उनको चर्चा पनि चुलिएको छ । हुन त भद्रगोलमा आउनुअघि उनले दुई दजनभन्दा बढी विज्ञापनमा मोडलिङ गरिसकेका थिइन् भने केही म्युजिक भिडियो र र्याम मोडलिङमा पनि उनको जादु चलेको थियो ।

भद्रगोल नै ट्रेन्डिङमा नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ प्रसारण हुँदै आएको हास्य सिरियल ‘भद्रगोल’ यट्युब च्यानलमा पनि निरन्तर ट्रेन्डिङमा पर्न थालेको छ । मिडिया हबको प्रस्तुतिमा अर्जुन घिमिरे र कुमार कट्टेलको लेखन तथा निर्देशन रहेको ‘भद्रगोल’ को अधिकांश भाग युट्युबको नेपाल ट्रेन्डिङमा पर्ने गरेको छ । पछिल्लो समय उक्त सिरियलका नयाँ भाग युट्युब ट्रेन्डिङमा आउन थालेका छन् । ‘भद्रगोललाई सधैं माया गरेर ट्रेन्डिङ नं. १ मा रहन सफल पार्नुभएको हुनाले हामी सबै खुसी छौं,’ सिरियलकी मुख्य कलाकारमध्येकी एक रक्षा श्रेष्ठले प्रतिक्रिया लेख्दै शुभचिन्तक तथा फ्यानलाई धन्यवाद दिएकी छन् । युट्युबमै संगीता खड्का प्रतिक्रियामा लेख्छिन्, ‘पाँडे हजुरबालाई यस्तो यस्तो आइडिया कहाँबाट आउँछ होला ?’ त्यसो त नेपाल पाण्डे समाजले भने उक्त चरित्रमाथि आपत्ति जनाएको छ । समाजले फागुन २१ गते मिडिया हबलाई ‘हास्य पात्रको रूपमा पाण्डेलाई कपोलकल्पित ढंगले चित्रित गर्दा मन दुखेको’ उल्लेख गर्दै पत्र पठाएको छ । पाण्डे समाजले समाजमा असर पु¥याउने कथा र प्रदर्शनलाई नस्विकार्ने पनि पत्रमा उल्लेख गरेको छ । सिरियलमा पाँडे चरित्रलाई छुल्याहा र भँडुवा स्वभावका रूपमा पस्किइँदै आएको छ ।

"use strict";
var adace_load_603b64f421b7f = function(){
var viewport = $(window).width();
var tabletStart = 601;
var landscapeStart = 801;
var tabletEnd = 961;
var content = '%3Cdiv%20class%3D%22adace_adsense_603b64f421b57%22%3E%3Cscript%20async%20src%3D%22%2F%2Fpagead2.googlesyndication.com%2Fpagead%2Fjs%2Fadsbygoogle.js%22%3E%3C%2Fscript%3E%0A%09%09%3Cins%20class%3D%22adsbygoogle%22%0A%09%09style%3D%22display%3Ablock%3B%22%0A%09%09data-ad-client%3D%22ca-pub-9787515045446220%22%0A%09%09data-ad-slot%3D%229274569266%22%0A%09%09data-ad-format%3D%22auto%22%0A%09%09%3E%3C%2Fins%3E%0A%09%09%3Cscript%3E%28adsbygoogle%20%3D%20window.adsbygoogle%20%7C%7C%20%5B%5D%29.push%28%7B%7D%29%3B%3C%2Fscript%3E%3C%2Fdiv%3E';
var unpack = true;
if(viewport=tabletStart && viewport=landscapeStart && viewport=tabletStart && viewport=tabletEnd){
if ($wrapper.hasClass('.adace-hide-on-desktop')){
$wrapper.remove();
}
}
if(unpack) {
$self.replaceWith(decodeURIComponent(content));
}
}
if($wrapper.css('visibility') === 'visible' ) {
adace_load_603b64f421b7f();
} else {
//fire when visible.
var refreshIntervalId = setInterval(function(){
if($wrapper.css('visibility') === 'visible' ) {
adace_load_603b64f421b7f();
clearInterval(refreshIntervalId);
}
}, 999);
}
})(jQuery);
बाँकी तस्बिर तल छन्
अहिले उनी ठूलो पर्दाका चलचित्रमा पनि अभियन गर्न थालेकी छन् । तीन दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेकी श्रेष्ठले केहि विज्ञापनमा पनि काम गरेकी छिन् । ठूलो पर्दाको चलचित्रबाट प्रस्ताव आएपनि उनको रुची सिरियलमै छ । फुर्सदमा सिनेमा हेरेर बस्ने गरेकी रक्षालाई सुटिङमा भने निकै रमाईलो लाग्छ । उनै कलाकारसँग गरेको कुराकानिः

बिहान कति बजे उठ्नुहुन्छ ?
म बिहान ६ बजे उठिसक्छु । सुटिङ हुँदा त अझ छिटो उठ्नुपर्छ । सुटिङ नहँुदा पनि ६ बजे उठिसकेको हुन्छु । उठेपछि एक घण्टा जति मर्निङवाक जान्छु ।
चिया अनि ब्रेकफाष्ट ?
चिया साँढे सात बजेतिर हुन्छ । खासै चिया खान्नँ, ग्यासट्रिक नहोस् भन्नका लागि साँढे सात बजेतिर एक कप कालो चिया खान्छु । ब्रेकफाष्टको रुपमा बिस्कुट र कहिलकाही उसिनेको अण्डा खान्छु ।
फुर्सदको बेला के गर्नुहुन्छ ?
फुर्सदको बेला त घर तिरै हुन्छु । त्यहि त हो चलचित्र हेर्ने, फेसबुक चलाउने घरको काम पनि गर्छु ।
घरको काम के के गर्नुहुन्छ ?
सब थोक गर्छु । भात पकाउनेदेखि घर पुछ्नेसम्म सबै काम गर्छु ।
अनि फेसबुक ?
चलाउँछु तर, फेसबुकमै झुण्डिने बानी भने छैन । अपडेट हुनका लागि वेला वेलामा फेसबुक चलाउँछु ।
ब्लक कतिलाई गर्नु भयो होला ?
भयो होला ३०÷४० जना जति । साथी हुन्नन् तर, जे पायो त्यहि कमेन्ट गर्नेहरुलाई ब्लक गरिदिन्छु ।
दिनमा कति खर्च हुन्छ ?
रिचार्ज कार्ड, खाजा सबै गर्दा धेरै नै खर्च हुन्छ तर, म भन्नै सक्दिनँ, यति नै हुन्छ भनेर त । अहिलेसम्म हिसाबै गरेकी छैन ।
आफूले कमाएको पैसा आफैंलाई ठिक्क हुन्छ कि घरमा पनि दिनुहुन्छ ?
अलि अलि त दिन्छु । सपिङलगायत अन्य कामका लागि आफ्नै कमाई खर्च गर्छु ।
ज्योतिषलाई हात हेराउनु भएको छ ?
अहिलेसम्म छैन । मलाई त्यस्तो कुरामा विश्वासै लाग्दैन ।
के गर्दा रमाईलो लाग्छ ?
मलाई प्रायः सुटिङमा रमाईलो लाग्छ ।
अनि चलचित्रवाट प्रस्ताव आएको छैन ?
केहि चलचित्रबाट प्रस्ताव आएको छ तर, मलाई चलचित्र भन्दा सिरियल र विज्ञापनमै काम गर्दा रमाईलो लाग्छ ।
भविष्यमा के गर्ने योजना छ ?
अभिनय गरेर मात्रै त हुन्न होला । कपडाको होलसेलको ब्यापार गर्ने योजनामा छु ।
रक्षाका कुरा
हास्यश्रृंखला भद्रगोलकि कलाकार रक्षा श्रेष्ठले प्रेम गर्न भनेर कसैको पछाडी लाग्नु मुर्खता भएको बताएकी छ। उनले भनिन उदारणका लागि मैले अभिनय गरिरहेको हास्यश्रृंखला भद्रगोलमा जसरी जिग्री मेरो पछि लागेको छ, त्यसरी पछि लाग्दा माया होइन, घृणाचाहिँ पाइन्छ जुन हास्यश्रृंखला भद्रगोलमा चित्रण गरिएको छ ।
बिबाहको मौसम आए संगै बिबाहको समारोह र भोजले नछुने कमै हुन्छन् । पछिल्लो समयकी चर्चित कलाकार रक्षा श्रेष्ठपनि बैबाहिक माहोलमा देखिएकी छिन् । अत्यन्तै आकर्षक लुक्समा भेटिएकी उनलाई हामीले लभगुरु मन्त्र के हो भनेर सोधेका थियौँ । उनले प्रेम गर्न भनेर कसैको पछि लाग्नु मुर्खता हो । विशेष गरी महिला मित्रलाई असल मित्र बनेर देखाउनुहोस् । प्रभावित गर्न पहिले आफ्नो मन र व्यवहार असल हुनुपर्छ ।
फलानोसँग प्रेम गर्छु र उसैलाई पाउँछु भन्नु चलचित्रको कथामा मात्र सुहाउँछ । वास्तविकतामा जोसँग प्रेम गर्न खोजिएको हो, उसको मनोभाव एवं चाहना पनि बुझ्नु आवश्यक हुन्छ । प्रेममा परिसकेपछि पर्याप्त इमान्दारिता चाहिन्छ । इमान्दार रहन सकिएन भने सम्बन्ध बिग्रन बेर लाग्दैन । आफ्नो समस्या र आवश्यकताभन्दा पनि उसको समस्यामा बढी ध्यान दिँदा उसले पनि आफ्नो समस्या एवं आवश्यकतामा ध्यान दिन्छ भन्ने कुरा बिर्सनु हुँदैन । सायद यो गुरुमन्त्र युवा पिडिलाई खुबै काम लाग्न सक्छ । हेरौ उनका केही म्यारिज लुक्स ।
भद्रगोलमा कसरी इन्ट्री मारियो ?
भद्रगोल टिमले नियमित रुपमा काम गने महिला कलाकारको खोजी गरिरहेको रहेछ । त्यसबीच सिटी सेन्टरमा भएको एउटा कार्यक्रममा प्रस्ताव आयो, कन्सेप्ट राम्रो लाग्यो र इन्ट्री मारियो ।
सन्तुष्ट हुनुहुन्छ ?
सुरुमा त अप्ठेरो लाग्यो । सोच्दै नसोचिएको काम थालियो कि भन्ने लाग्यो । तर मेरो निर्णय सही छ भन्ने मनमा विश्वास थियो । आज त्यही भद्रगोलको भूमिकाले मलाई चिनायो ।
मोडलिङबाट भन्दा भद्रगोलबाट बढी चिनाएको मान्नुहुन्छ ?
मान्छु । भद्रगोललाई युवा जमातदेखि गाउँ शहरका सबैले रुचाउनुभएको छ । त्यसैले मलाई रक्षा भनेर पनि भद्रगोलले नै बढी चिनायो । भद्रगोल लोकप्रिय हुनुको कारण ? धेरै थेगो बोलिने भएकोले र ग्रामिण भेगमा हुने सत्य घटनामा आधारित भएकाले होला ।
मोडलिङमा रमाउने एउटी आधुनिक केटी टिपिकल गाउँले भूमिकामा देखिन गाह्रो भएन ?
कलाकारले सबै खालको भूमिका गनुपर्छ । त्यसैले त्यस्तो गाह्रो भएन । सुरु सुरुमा साथीभाइहरू हाँस्थे, गिज्याउँथे । मैलै कहिल्यै पनि कुर्ता सलवरसम्म नलगाएको धोती र टिपिकल पहिरनहरूले गर्दा सबै साथीभाइहरूको हाँसोको पात्र बनेको थिएँ । तर अहिले सबैले मोडलभन्दा पनि भद्रगोलको रक्षा भनेर चिन्दछन् बाटोमा जिस्काउँदा पनि जिग्रीको जस्तै नक्कल पारी पारी रक्षाभन्दा रमाइलो लाग्छ । अहिले भद्रगोलकै कारणले थुप्रै चलचित्रहरू मा पनि अफर आइरहेको छ ।
यस्ता कार्यक्रममा थोरै महिला पात्र मात्र टिक्टन् । तर तपाइँ निरन्तर हुनुहुन्छ । राम्रो पैसा पाएर हो कि ?
होइन । राम्रो टिम भएकोले र काम गर्ने वातावरण राम्रो भएकाले हो । पैसा त कहिले पाइन्छ, कहिले पाइँदैन । तर सन्तुष्टि लिने बाटो छ ।
तपाइँको कामप्रति परिवारजनले के भन्नुहुन्छ?
सबै खुशी हुनुहुन्छ । मेरो बुबाको धेरै सपोर्ट छ । अहिले त भद्रगोल बन्द भइरहेको छ नि किन ? यसका विभित्र कारणहरू छन । मलाई खासै केही थाहा छैन । तर यो हप्ताबाट सुचारु हुन्छ भन्ने सुनेको छु ।
कुन कुन चलचित्रमा काम गर्दै हुनुहुन्छ ?
पाँचभन्दा बढी चलचित्रहरूमा अफर आएको छ । अहिले एउटा रोमान्टिक चलचित्रमा काम गर्ने योजना बनाएको छु । नाम चाहिं अहिले खुलाउन मिल्दैन ।
किन ?
पहिले काम नै पूरा गरौं अनि
तपाइँ चैं कत्तिको रोमान्टिक हुनुहुन्छ ?
छु । रोमान्स र रमाइलो गर्दा नै काम गर्न जोस जागर पलाउँछ ।
जीवनमा जिग्री जस्तै माया गने जीवन साथी पाइयोस् भन्ने लाग्छ कि ?
लाग्दैन । बदमास फटाह जति भने पनि नलाग्ने फटाहासँग कसले जीवन बिताउन सक्छ ।
त्यस्तै केटा तपाइँको जीवनमा आयो भने ?
सायद नआउला । आयो भने बानी परिसक्यो । सक्किगो नि ।
तपाइँ कस्तो केटा चाहनुहुन्छ ?
बिजनेशम्यान, जो मेरो कामलाई बुझ्ने र सम्मान गर्ने होस्, सहयोगी होस् । पैसा र माया गर्ने जीवनसाथी भयो भने जीवन सहज हुन्छ

भद्रगोल नै ट्रेन्डिङमा
नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ प्रसारण हुँदै आएको हास्य सिरियल ‘भद्रगोल’ यट्युब च्यानलमा पनि निरन्तर ट्रेन्डिङमा पर्न थालेको छ । मिडिया हबको प्रस्तुतिमा अर्जुन घिमिरे र कुमार कट्टेलको लेखन तथा निर्देशन रहेको ‘भद्रगोल’ को अधिकांश भाग युट्युबको नेपाल ट्रेन्डिङमा पर्ने गरेको छ ।
पछिल्लो समय उक्त सिरियलका नयाँ भाग युट्युब ट्रेन्डिङमा आउन थालेका छन् । ‘भद्रगोललाई सधैं माया गरेर ट्रेन्डिङ नं. १ मा रहन सफल पार्नुभएको हुनाले हामी सबै खुसी छौं,’ सिरियलकी मुख्य कलाकारमध्येकी एक रक्षा श्रेष्ठले प्रतिक्रिया लेख्दै शुभचिन्तक तथा फ्यानलाई धन्यवाद दिएकी छन् ।
युट्युबमै संगीता खड्का प्रतिक्रियामा लेख्छिन्, ‘पाँडे हजुरबालाई यस्तो यस्तो आइडिया कहाँबाट आउँछ होला ?’ त्यसो त नेपाल पाण्डे समाजले भने उक्त चरित्रमाथि आपत्ति जनाएको छ । समाजले फागुन २१ गते मिडिया हबलाई ‘हास्य पात्रको रूपमा पाण्डेलाई कपोलकल्पित ढंगले चित्रित गर्दा मन दुखेको’ उल्लेख गर्दै पत्र पठाएको छ । पाण्डे समाजले समाजमा असर पु¥याउने कथा र प्रदर्शनलाई नस्विकार्ने पनि पत्रमा उल्लेख गरेको छ । सिरियलमा पाँडे चरित्रलाई छुल्याहा र भँडुवा स्वभावका रूपमा पस्किइँदै आएको छ ।

