in , ,

‘पौडेलले बालुवाटारकाे जग्गा राजाको शाससन कालमै किन्नु भएको हो, हडपेकाे होइन’: प्रधानमन्त्री ओली

Spread the love

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विष्णु पौडेलले सरकारी जग्गा अतिक्रमण नगरेको दाबी गर्नुभएको छ। मंगलबार बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्नुहुँदै सरकार र पार्टीलाई बदनाम गर्न महासचिव विष्णु पौडेललाई लान्छना लगाइएको बताउनु भयो । उहाँले बालुवाटारस्थित ललिता निवास जग्गा महासचिव विष्णु पौडेलले राजाको शाससन कालमै किन्नुभएकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे ‘नेकपाको सरकार र पार्टीलाई बदनाम गर्न महासचिव विष्णु पौडेललाई लान्छना लगाइएको छ, त्यो जग्गा राजाको शाससन कालमा पौडेलले किन्नु भएको हो ।’ प्रधानमन्त्री ओलीले जग्गा खरिद गर्नु र हडप्नु फरक फरक विषय भएको पनि बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘कोही व्यक्तिबाट अरुले सरह उहाँले जग्गा किन्नु भएको हो । कुनै सरकारी जग्गा हडपेको पनि होइन ।’

बालुवाटारकाे जग्गा किन्दाकाे समयमा पौडेल कुनै लाभको पदमा नरहेको पनि स्पष्ट पार्नुभयाे । ‘उहाँले किन्नु भन्दा पहिला कसरी अरु व्यक्तिले किने भन्ने कुरा पहिलाको सरकारले जान्ने कुरा हो, प्रधानमन्त्री ओलीले भन्नुभयाे , ‘उहाँ त्यतिबेला पार्टीको कुनै पदमा पनि हुनुहुन्थेन । त्यसकारण सत्ता र पदको दुरुपयोग गरेर जग्गा किनेको पनि होइन ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष रहनु भएका ओलीले देशैभरी अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याउने प्रतिबद्धता पनि जनाउनु भयो । उहाँले खरिदबिक्री भएको ललिता निवासको सबै जग्गा सरकारले रोक्का राखिसकेको पनि जानकारी गराउनु भयाे । ‘यहाँहरुलाई स्मरण गराऊँ कि त्यहाँको सबै जग्गा रोक्का राख्ने काम भएको छ।

यसर्थ पनि जोसुकैलाई मर्का परोस्, त्यहाँको मात्रै होइन, अन्यत्र पनि सरकारी जग्गा अतिक्रमण गरिएको देखिए-भेटिए सरकारकै नाममा फिर्ता हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयाे। बैठकमा करिब डेढघण्टा लामो मन्तव्य दिनुभएका प्रधानमन्त्री ओलीले जग्गा प्रकरण देखि निर्मला हत्या प्रकरण र वाइडबडीहुँदै प्रदेश २ को बेटी बचाऊ अभियानसम्म चर्चा गर्नुभएकाे थियाे ।

उहँले वाइवडी प्रकरणमा अनियमितता भएको पाइए जोसुकै भएपनि कारवाही गरिने बताउनुभयाे। ‘भ्रष्टाचार आफू पनि गर्दिन र गर्नेलाई पनि छोडिदैन । गरेकालाई कारवाही भैरहेको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘वाइड वडीको सत्यतथ्य आएपछि अनियमितता भएको रहेछ भने छानविन गरेर जो सुकै भएपनि कारवाही गरिन्छ ।’ खुलामञ्चमा गैरकानुनी रुपमा बनाइएकोले भत्काइएकाे बताउनु भयाे ।

‘खुलामञ्चमा गैरकानुनी रुपमा बनाइएको टहरा भत्काइएको छ । यसमा पनि प्रश्न उठाएको सुन्दै थिएँ’, उहाँले भन्नुभयाे, ‘खुलामञ्चमा टहरा हामीले बनाउन लगाएको हो ? हामीले त भत्काउँदैछौं । गैरकानुनी रुपमा टहरा बनाउँदा क-कसको संलग्नता भएको रहेछ भनेर पत्ता लगाउँदैछौं ।’ त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गरेको चर्चा पनि गर्नु भयाे। सरकारका कामको चर्चा गर्ने क्रममा उहाँ ठेकेदार प्रति पनि खनिनु भयाे ।

ठेकेदारले पनि समयमै ठेक्काअनुसार काम नगरेर सरकारलाई बदनाम गर्न खोजेको आरोप लगाउनु भयाे। प्रधानमन्त्री ओलीले भन्नुभयाे ‘काम ठेकेदारले नै गर्ने हो तर समयमै नगर्दा त्यसको असर सरकार र जनतामा परेको हुन्छ। काम नभए पनि सरकारको ठूलो धनराशि खर्च भएको छ। अब त्यस्तो छुट हुँदैन।’ प्रधानमन्त्री ओलीले बृद्धभत्ता बढाउने आश्वासन पनि दिनुभयाे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0