in ,

प्रहरी चौकीमा झडप, तीन प्रहरीसहित १७ जनाको मृत्यु

Spread the love

एजेन्सी । अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा रहेको एक प्रहरी चौकीमा भएको झडपमा तीन प्रहरीसहित १७ जना लडाकु मारिएका छन् । शनिबार तालिबान लडाकू र सुरक्षाकर्मीबीच भएको झडपमा परी तीन प्रहरी सहित १७ जना लडाकू मारिएको प्रान्तीय प्रहरी प्रमुखले बताएका छन् ।

कान्दाहार प्रान्तको प्रान्तीय शहर कान्दाहारको स्पिन बोल्दाक जिल्लामा रहेको एक प्रहरी चौकीमा शनिबार बिहान सबेरै तालिबान लडाकू समूहले गरेको आक्रमणको सुरक्षा बलले गरेको जवाफी कारबाहीमा १४ तालिबान लडाकू मारिएका हुन् ।

यद्यपी सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको झडपमा परी तीन सुरक्षा अधिकारीको पनि मृत्यु भएको छ । यस झडपमा परी चार सुरक्षा अधिकारी र सात तालिबान लडाकूको घाइते भएका छन् ।

What do you think?

Written by amargeet

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

यो राष्ट्रपतिकै सरकार हो, कुवाका भ्यागुताहरुले विरोध गरे : केपी ओली

फानीका कारण उडिसामा ९ को मृत्यु, १६० घाइते