in , , ,

म दुईटा श्रीमान राख्छु, दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुई श्रीमान राख्न दिंदैन ?

Spread the love

रवीना देशराज समकालीन समाज भन्दा बेग्लै सोच राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन् । उनी लैंगिकताका विषयमा परम्परागत सोच विपरित धारणा राखेर र आफ्नो विकिनी तस्बिर सार्वजनिक गरेर पनि चर्चामा छिन् । अभिनेत्री प्रियंका कार्कीसँगै विकिनीमा उनको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यसले ठूलै चर्चा पायो ।

उनका छोरा आयुष्मान देशराज पनि अभिनेता हुन् । अभिनेत्री कार्की र आयुष्मान प्रेम सम्बन्धमा रहेका गसिपहरु पनि मिडियामा छाइरहन्छन् । सन्तान जन्माउन बिहे गर्नु नपर्ने बोल्ड धारणा राख्दै आएकी रवीना देशराजसँग प्रचलित सामाजिक ब्यवस्थाका बारेमा बिनु पोखरेलले गरेको कुराकानीको केहि अंश साभार गरेका छौ :-

महिला झन बोल्ड हुँदै गएपछि परिवारमा बिखण्डन आइरहेको छ भन्छन्, हो त ?

मेरा एकजना आफन्तसँग एकदिन कुरा गर्दैथिएँ । उहाँले एउटा ग्यादरिङमा हजुरवा, हजुरवाका तीनजना श्रीमती र छोराछोरी सबै जम्मा भएको भन्नुभयो । ल त्यहि ठाउँमा हजुरआमाका तीनजना श्रीमान जम्मा भएको भनौं त ? एउटा पुरुषका तीन श्रीमती एकै ठाउँ भेला हुनुलाई स्वाभाविक रुपमा लिने समाजले एउटी महिलाका तीन श्रीमान एकैठाउँ ग्यादरिङ गरेको पचाउन सक्छ ? पुरुषहरु खुला रक्सी, चुरोट खान्छन् ।

ल हामी खाउँ त, के भन्छ समाज ? अहिले जे जे भएको छ त्यो सबै महिलाले सहिदिने भएर हो । उसले तीनवटा ल्याउँदा, १०औं जनासँग सेक्सुअल रिलेशनमा रहंदा, चुरोटले डाम्दा पनि सहिदिए मात्र परीवार जमेको देख्ने, त्यसलाई नसहे परीवार विखण्डन भएको देख्ने ?

त्यो घर, घर नहुने अनि महिलाले बरु एक्लै बस्छु भन्दा परिवार भड्किएको भन्ने ? अब महिला हरुले पनि आफ्नो शक्ति थाहा पाए । अब त्यसैगरी सहंदैनन् । जो आर्थिक रुपमा सक्षम छन् दवावमा रहन्नन् । त्यसो हुनु समाज विग्रिएको होइन । बिग्रिएको समाजको रुप देखिएको मात्र हो । हिंसामा पुरुष छन् भने पनि त्यहि हो । ल न, म दुईटा श्रीमान राख्छु भन्छु । मान्छ त समाज ? तर हामी त्यसो गर्दैनांै । गर पनि भन्दैनौं । महिला र पुरुषमा फरक सामाजिक सोचाई हुनु भएन भनेको मात्रै ।

यसो सोचौं न, दुईजना एक हुने भनेको दुईटाको खुशी जोड्दा झन् खुशी हुन सकिन्छ कि भनेर हो नि । स्वतन्त्रता मार्न त होइन । श्रीमान श्रीमती हुनुहुन्छ तर बोलचाल छैन । दुईतिर फर्केर सुत्नुहुन्छ । अर्को एक्लै भएको मान्छे गीत लगाएर नाच्दै बस्छ, खुशी हुन्छ । स्वतन्त्रताले हो नि खुशी ल्याउने ।

अचेल म सुन्छु–, अहिले त धेरै परीवारमा महिला, पुरुष दुबै कामकाजी छन् । केटाले म आज डिनर बाहिरै गरेर आउँछु भन्यो भने, केटी पार्टनरले पनि हस् मेरो पनि पार्टी छ आउन ढिलो हुन्छु है भन्छे रे । अनि त्यो पुरुष पार्टनर ढक्क हुन्छ रे । उसले गरुन्जेल काम साथीले गर्दा नकाम भन्ने हुन्छ ? भन्नुस् त ।

तपाईंको समाजिक संजालमा आएको एउटा फोटोबारे कुरा जोड्न मनलाग्यो । तपाईं र अभिनेत्री प्रियंका कार्कीले विकिनी लगाएको तस्बिर पोष्ट गर्नुभयो । त्यसप्रति आएका प्रतिक्रियाले कस्तो महसुस गर्नुभयो ?

तपाईंका प्रश्नले मलाई उत्साहित बनाइरहेको छ । सबै घटना हरुले मान्छेलाई सिकाइ नै रहेका हुन्छन् । चाहे दुःखद हुन् चाहे सुखद् । त्यो फोटो खासमा सामाजिक संजालमा मैले राखेको होइन । प्रियंकाले हालेकी हुन् । खासमा म त्यो झन्झट ब्यहोर्न चाहान्नथेँ । किनकी म यो पदमा रहेर कामले दुनियाँ बदल्न चाहन्थेँ ।

त्यति झिनो कुरामा आफूलाई नअल्झाउँ भन्ने थियो । मलाई थाहा थियो, नेपाली समाज खैरेनीहरुले विकिनी लगाएर फोटो खिच्दा बीचमा बस्न सक्छ । त्यहि फोटो सामाजिक सञ्जालमा पस्किन सक्छ । तर, त्यस्तै तस्बिर नेपाली महिलाले पोष्ट गरे भने मुख बाउँछ । यसलाई जसले नकारात्मक रुपमा टिप्पणी गरे उनीहरुको बुझाईको लेभल हो त्यो ।

यो घटनाले मलाई समाजको अर्को रुप पनि देखाइदियो । समाजमा संस्कार नपाएर हुर्केका मान्छे मात्र छैनन्, बुझेका मान्छे पनि छन् । त्यहाँ यस्ता कमेन्ट पनि आए कि तपाईं यति स्लिम हुनुभएछ, त्यो दौडधुपमा पनि आफूलाई मेन्टेन गर्न सक्नुभएको रहेछ भने । कति पुरुष साथीले यसका लागि कहिले समय मिल्छ भनेर सोध्नुभयो ।

कसैले एक्लै जानु भएछ खबर गरेर जानुभएको भए हुन्थ्यो भन्नुभयो । त्यसले लाग्यो समाजमा संस्कारमा हुर्केका र समाज, दुनियाँ बुझेका मान्छे पनि छन् । अहिले पनि भन्छु– हरेक कुरालाई लैंगिकताको नजरबाट मात्र नहेरौं । मेरो छोरोले मलाई विकिनीमा देखेर केहि भन्दैन । बरु कुनमा हजुरलाई सुहाउँछ भनेर ड्रेस खोज्छ, यो लगाउनुस् भन्छ ।

कपडा लगाउनु, मेकअप गर्नु, राम्रो हुनु, अरुका लगि होइन । आफ्ना लागि हो । म मेरो कुरामा कम्फर्ट छु भने अरुलाई किन चासो ? कुनै छोरीलाई हाफ पाइन्टमा कम्फर्ट लाग्छहोला । उसले त्यस्तो लगाएर केटालाई आउ, छोउ भनेको त होइन नि ।

अर्को कुरा, पुरुषहरुले झर्नामा छाती थापेर नुहाएको फोटो चाहिँ कुल हुने, त्यस्तो तस्बिर खिच्न कसरी समय निकाल्नु भयो भनेर सोध्ने । महिलाको नुहाएको फोटोमा चाहिँ किन तुच्छ कमेन्ट गर्ने ?

पुरुषजस्तै महिला पनि प्रकृतिको क्रिएसन हो भन्ने सत्य कुरा बुझ्नु पर्यो नि । यसको जरो भनेकै हामीले छोरो हुर्काउँदा संस्कार दिन सकेनौं । अब हरेक आमाले बुझ्नु पर्छ– छोरीलाई होइन हरेक छोरालाई संस्कार सिकाएर समाज बदलौं ।

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0