in , ,

काठको मुडा होला भनेर टेकेको वस्तु अजिङ्गर भएर निस्किएपछि ,घट्यो यस्तो डरलाग्दो घटना

Spread the love

इन्डोनेशियामा एक अचम्मको घटना घटेको छ । जुन घटना अहिले सामाजिक सञ्जाल तथा मिडियामा भाइरल भएको छ । एक माझी माछा मार्न जादै थिए । त्यसैक्रममा हिड्दै जादा उनले एउटा वस्तुलाई काठको मुडा होला भनेर टेकेर हिडेका थिए । तर जब त्यो उनले टेकेको कुरा अजिङ्गर बनेर निस्केर उनलाई नै आक्रमण गरेपछि उनको होसहवास नै उडेको थियो ।

त्यसपछि उनको र सर्पको लडाई भएको थियो । तर उनलाई सर्पले पुरै बेर्न सुरु गरेसगै उनले कति प्रयास गरे पनि भाग्न सकेनन् । त्यसपछि उनको सँगै गएको साथीहरुले कति छुट्टाउन खोजेपनि नसकेपछि त झनै गाह्रो भएको थियो । करिब २७ फुट लामो र १०० केजी वजन भएका उक्त सर्पले बेरेपछि उनको ६ जना साथीहरुले टोक्ने मुख थुन्नुका साथै उनलाई छुट्टाएका थिए ।

अजिङ्गरले टोक्नबाट बचाउने मध्येका एक भने , हाम्रो मित्रको खुट्टाबाट अजिङ्गर छुटाउन हामीले कयौं मिनेट दुख गर्नु परेको थियो । माछा खोजि रहेका हामीलाई अजिङ्गर भेटिनु राम्रै कुरा थियो । तर हाम्रो परम्पराले सर्प खानलाई रोक लगाएको छ

तर यति भइसक्दा पनि गाउँ लगेर अजिङ्गरलाई ठूलो पिंजडामा राखिएको थियो । र कयौं दिन पछि वन्यजन्तु अधिकारीहरुले उक्त अजिङ्गरलाई उद्धार गरेर जंगलमा छाडेका थिए । बाकी भिडियोमा

यो पनि पढ्नुस

काठमाडौमा रबि ,पोखरामा अपिल, झापामा खगेन्द्र –भष्ट्रचार , ठग र कामचोर कर्मचारीको सिधा पदार्फास ( हेर्नुस भिडियो सहित )

काठमाडौं , नेपाली पत्रकारितामा पछिल्लो समय चर्चाको चर्चामा रहेका छन् पत्रकार रवि लामिछाने । न्यूज २४ मा कार्यक्रम सिधा कुरा जनता सँगले उनको उचाई माथि पुराएको छ । जनता सँग सिधा सम्पर्क, भष्ट्चार अनि न्यायका लागि उनको आवाज धेरैको लागि आवाज बिहिनका लागि आवाज बनेको छ । भने भष्ट्रचारीहरुलाई पर्दाफास गर्दै उनी देश तथा बिदेशमा लाखौ दर्शकको नजरमा परेका छन् ।

तस्विरमा रवि लामिछाने । उनले न्यूज२४ बाट सञ्चालन गर्ने कार्यक्रम सिधा कुरा जनतासँग अहिले नेपालमा सर्वाधिक हेरिने कार्यक्रम अन्तर्गत पर्दछ ।

त्यस्तै पोखराका अपिल त्रिपाठी जो गण्डकी छड्के कार्यक्रम संचालक हुन । गण्डकी टेलिभिजनको कार्यक्रम उत्पादन गर्ने त्रिपाठी पछिल्ला केहीँ बर्षमै
धेरै नै उचाईमा पुगेका छन् । उनले सरकारी कार्यालयको गतिबिधी तथा भष्ट्चारी लाई कारवाहीँको भिडियो सार्वजनिक गर्दै आएका छन् ।

पोखराका अपिल त्रिपाठी, उनले पोखरामा रहेको गण्डकी टेलिभिजन मार्फत सञ्चालन गर्ने कार्यक्रम गण्डकी छड्के धेरै नै चर्चित कार्यक्रम हो

उनले संचालन गरेको पछिल्लो छड्के मार्फत ५० वटा कार्यक्रम उत्पादन गरी सकेका छन् । उनको भिडियो तथा प्रस्तुती अहिले नेपालको पूर्वी मेची देखि पश्चिम महाकाली सम्म हेर्ने गरेका छन् ।

यस्तै नेपालको पूर्वी भागमा रहेर पत्रकारिता गर्दै आएका खगेन्द्र घिमिरे पछिल्लो समय पूर्वमा परिचित नाम हो । माथीका दुई पत्रकार जस्तै भष्ट्रचार,समयको ढिलासुस्ती, काम चोर कर्मचारीको बिषयमा सिधा आवाज मिडिया मार्फत ल्याउदै आएका छन् । बिगत १० बर्ष अघि बाट पत्रकारिता सुरु गरेका घिमिरे पछिल्लो समय अनुसन्धान अनलाईन टिभी मार्फत अत्याधिक चर्चामा आएका छन् । स्थानीय पत्रपत्रिका,केहीँ स्थानीय टेलिभिजनमा काम गरिसकेका घिमिरे हाल राष्ट्रिय टेलिभिजन माउण्टेन टेलिभिजनको झापा संवाददाता समेत हुन । उनले पछिल्लो ६ महिना देखि सुरु गरेको Youtube Channel अनुसन्धान अनलाईन टिभी मार्फत झापाका धेरै सरकारी कार्यालयका कर्मचारीको कामचोर प्रवृतिका धेरै भिडियोहरु सार्वजनीक गरिसकेका छन् ।

यती मात्र होइन् पूर्वी नाकामा हुने अवैध असुली तथा अबैध धन्दा बापत प्रहरी प्रशासन तथा कर्मचारीले घुस लिदै गरेको समाचार प्रशारण गर्न र कारवाही गराउन सफल भएका हुन ।

को हुन घिमिरे

झापाका युवा पत्रकार खगेन्द्र घिमिरे ।
मोरङ्ग जिल्लामा जन्मिएका २८ बर्षीय घिमिरेको कार्यक्षेत्र झापा हो । गरिवीको रेखामुनि हुर्किएका घिमिरे १४ बर्षको छँदा स्थानिय पत्रिका बाढ्ने काम गर्दथे । पत्रिका बाट आएको मासिक ५ सय ले आफ्नो पढाई खर्च जुटाउनु उनको बाध्यता थियो । सानै उमेरमा बाबुले छोडेका घिमिरेको बाल्यकाल दु:खको साथ हुर्किएका थिए । दश बर्ष अघि बाट पत्रपत्रिकामा समाचार लेख्न सुरु गरेका उनी पछिल्लो समय पूर्वको हिमशिखर, मकालु, सूर्योदय टेलिभिजनको संवाददाता भएर काम गरी सकेका छन् । साथै उनकै सम्पादनमा प्रदेश टाईम्स साप्ताहीक पत्रिकार समेत प्रकाशन भएको थियो ।

 

पूर्वका पत्रकार खगेन्द्र घिमिरे । उनले झापामा बसेर पत्रकारिता गरिरहेका छन् । केही समयअगाडीदेखि Youtube मा अनुसन्धान अनलाइन च्यानल लिएर आएका घिमिरेले मानवता लगायत भ्रष्टचारी कर्मचारीहरुको पर्दाफास गर्दै आएका छन् ।
बिगत २ बर्ष अघि बाट माउण्टेल टेलिभिजनमा झापा संवाददाताको रुपमा काम गर्दै आएका उनले यहीँ समय पूर्वमा सशस्त्र प्रहरीको ठूलो घुस काण्ड पर्दाफास गर्न सफल भए । जसले सशस्त्र प्रहरीमा हलचल मच्चिएको थियो । यो सँगै सरकारी कर्मचारीको लेनदेन(घुस)को बिषयमा उनले पटक पटक समाचार बाहिँर ल्याए जोखिम मोल्दै क्यामेरामा भिडियो खिच्न निडर मानिन्छन घिमिरे ।

काम चोर सरकारी कर्मचारीको पदार्फास

घिमिरेले पछिल्लो ६ महिन यता सुरु गरेको अनुसन्धान मिडिया मार्फत युटुव च्यानलले धेरैको ध्यान तानेको छ । सरकारी कार्यालयमा हुने ढिलासुस्ती, समयमा कर्मचारी नपुग्ने, निधारित समय सम्म कार्यलयमा नबस्ने बिभिन्न नगरपालिका, गाउँपालिका वडा साथै स्वास्थ्य शिक्षा लगायत क्षेत्रको अवस्थाको बारेमा उनले अनुसन्धान खोज ल्याउने गरेका छन् । ६ महिनाको बिचमा युटुव मार्फत ६ हजार Subscribe तथा ६ लाख दर्शक कमाउन उनी सफल भएका छन् । कुनै कार्यालयमा घिमिरे पुग्दा उनलाई चिन्ने धेरै कर्मचारी सचेत हुने गरेका छन् ।

हेरौं खगेन्द्र घिमिरेको एक भिडियो

What do you think?

Written by amargeet

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

काठमाडौमा रबि ,पोखरामा अपिल, झापामा खगेन्द्र –भष्ट्रचार , ठग र कामचोर कर्मचारीको सिधा पदार्फास ( हेर्नुस भिडियो सहित )

मंङ्गलबारको दिनमा गणेश भगवानको फोटोलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ बैशाख १७ गते मङ्गलबारको राशिफल हेर्नुस । तपाईको मनोकामना पुरा हुनेछ ।।