चलेन रि–रिलिजमा ‘छक्का पन्जा २’, सामाजिक सञ्जालमा गालि नै गालि

Spread the love

फिल इन द ब्ल्याङ्स गर्दै खालि समयमा फिल्महरु रि–रिलिज हुने गर्दछन् । यद्यपि रि–रिलिज गरिएका फिल्महरुले सफलताको स्वाद भने चाख्न पाएको हुँदैन । वैशाख १३ गते हलहमा फिल्म ‘कालो वर्ष’ सँगै ‘छक्का पन्जा २’ रि–रिलिज गरियो । यसले एउटा नयाँ इतिहास कोर्न सकिने अनुमान गर्दा गर्दै पूर्णत असफल भएको छ ।

डेढ बर्ष अगाडि सार्वजनिक भएको फिल्मलार्ई काठमाण्डौंका मल्टिप्लेक्सले शोनै दिएनन् । फिल्म रिलिजको दिन फिल्मका निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा स्ट्याटस राखे, ‘छक्का पन्जा २, उपत्यका बाहिरको ५० हल र उपत्यका भित्रका सिंगल स्टेशनहरूमा मात्रै लाग्दैछ ।’ तर, उनको स्ट्याटसमा आएका अधिकांस कमेन्ट निकै नकारात्मक किसिमका छन् । कमेन्ट गर्नेहरुले आक्रोस पूर्ण टिप्पणि गरेका छन् ।

खिलराज नेपालले कमेन्टमा लेखेका छन् ‘जता सुकै लागोस , आफू त बासी खाइन्न, ताजा खाना पस्केर देउ चाटि चाटि खाइन्छ ।’ सपन ढकालले कमेन्ट गरेका छन् ‘मल्टीप्लेक्स मा त एभेन्जर्स ले सास फेर्न दीएन अनि क्या करीङ्गे आप’ । सुजन नाम गरेका व्यक्तिले लेखेका छन् ‘नेता र अभिनेता दुईटै उस्तै छन् नेपालमा स्याल मोरा’

लमिछाने प्रसाद द्रोण लेख्छन् ‘एउटा उखु जुस पसलेले ४/५ पटक उखु मेसिनमा राखेर पेल्छ..अनि त्यो खोस्टा प्याक्छ..तर फ्याकेको खोस्टा पुन जुस आउछ कि भनेर पेल्दैन ..त्यसलाई मल बनाउन मलखादमा प्याक्छ, बुझ्नेलाई श्रीखण्ड’ त्यसपछि दीपकले आज म लेख्दैछु शीर्षका फेरि लामो स्टाटस कोरे ।

‘आज म लेख्दैछु’ हाम्रो समूह सधै एउटा न एउटा प्रयोग गर्दै आइरहेका छ | हास्य चलचित्र र हास्य कलाकार फिल्ममा चल्दैन भन्ने सोच थियो तर हामिले नडराइ प्रयोग गर्यौ र दर्शकले माया पनि नसोचेको दिनु भयो…..हामिले हरेक दिन नया‘ नया‘ बजार नया‘ नया‘ सम्भावना खोजिरहेका छौ,

त्यसै क्रममा चलचित्रको रिपिट रिलिज पनि एउटा सम्भावना हुन सक्छ कि भन्ने सोचेको थियौ तर त्यो सफल हुन सकेन तर यस्मा ग्लानी फिटिक्कै छैन किनकि हामिलाइ थाहा छ । कोलम्बसले घर बरिपरि नै रमाएर बसेको भए अमेरिका पत्ता नलाग्न सक्थ्यो, राइट दाजू भाइले कोशिसै नगरेको भए प्लेन उड्न समय लाग्थ्यो यस्ता धेरै उदाहरणहरू छन् … । सफलताको आकाशमा त्यहि उड्छ जस्ले प्रयोगका पखेटाहरू आफूमा जोडेको हुन्छ ।
जे होस् यो निर्णयमा साथ दिनु हुने शुभचिन्तकहरू, मेरो टिम, सम्पूर्ण मित्र हरू लाइ धन्यबाद …। अस्पताल लाइ सहयोग गर्न हलहरू बाट कति उठ्छ त्यो पछिको कुरा हो… तर म आज ब्यक्तिगत रूपमा रू १ लाख त्यो दुर्गम स्थानको रासकोट अस्पताल लाइ प्रदान गर्ने घोषणा पनि गर्दछू..!!!’

तर, हलिउडको फिल्म ‘एभेन्जर्स इन्ड गेम’ले बक्स अफिसमा सुनामी नै ल्याएपछि मल्टिप्लेक्समा ‘छक्का पन्जा २’ ले शोज नपाएको अनुमान पनि छ । तर नेपाली फिल्मको प्रमोशन चाहीँ लिने तर एक शो पनि नदिने हलहरुको कमजोरी पनि हो । फिल्मको रि–रिलिजबाट राम्रै व्यापार हुने अपेक्षा गरिएको थियो । अपेक्षा अनुसारको माहोल फिल्मले बनाउन सकेन । फिल्मी फण्डा बाट साभार

यो पनि पढ्नुस…

नायक पल शाह र नायिका आँचल शर्माको विवाह ! ( हेर्नुस भिडियो सहित )

पछिल्लो समय आँँप जोडीको रुपमा परिचित अभिनेता पल शाह र नायिका आँचल शर्मालाई दुलहा दुलहीको रुपमा देख्न पाइने भएको छ । भर्खरै मात्र छायांकन भएको नयाँ म्युजिक भिडियोमा उनिहरुले विवाह गरेका हुन् । कुन गीत हो भन्ने निर्माण टिमले नखुलाए पनि भिडियो चाडैं नै बजारमा आउने जानकारी दिएका छन् ।

रिल मा मात्र नभएर रियलमा पनि यो जोडीको विवाह होस् भने धेरै आशा राखेकाछन् । तर उनिहरु एक अर्कामा असल साथी मात्र भएको दाबी गर्दै आइरहेका छन् ।

चलचित्र नाईं नभन्नु ४ ले जुराएको यो जोडीको पछिल्लो समय एकसाथ अभिनय गरेको चलचित्र नआएपनि म्युजिक भिडियोहरुमा भने निरन्तर आइरहेका छन् । चलचित्र नाईं नभन्नु ल ४, जोनी जेन्टलम्यान र शत्रु गतेमा आप जोडीले एक साथ काम गरेकन हुन् ।

यति बेला पल शाह स्टारर चलचित्र वीरविक्रम २ जेठ ३ गतेबाट रिलिज हुँदैछ भने मह सञ्चारको प्रस्तुतिमा आँचल शर्मा अभिनित दालभात तरकारी यहि वैशाख २० गते बाट देशभर प्रदर्शन हुँदैछ ।

भिडियोमा हेर्नुहोस् पल र आँचलको विवाह