in , , ,

पल – आँचलको विवाह ! ( हेर्नुस भिडियो सहित )

Spread the love

पछिल्लो समय आँँप जोडीको रुपमा परिचित अभिनेता पल शाह र नायिका आँचल शर्मालाई दुलहा दुलहीको रुपमा देख्न पाइने भएको छ । भर्खरै मात्र छायांकन भएको नयाँ म्युजिक भिडियोमा उनिहरुले विवाह गरेका हुन् । कुन गीत हो भन्ने निर्माण टिमले नखुलाए पनि भिडियो चाडैं नै बजारमा आउने जानकारी दिएका छन् ।

रिल मा मात्र नभएर रियलमा पनि यो जोडीको विवाह होस् भने धेरै आशा राखेकाछन् । तर उनिहरु एक अर्कामा असल साथी मात्र भएको दाबी गर्दै आइरहेका छन् ।

चलचित्र नाईं नभन्नु ४ ले जुराएको यो जोडीको पछिल्लो समय एकसाथ अभिनय गरेको चलचित्र नआएपनि म्युजिक भिडियोहरुमा भने निरन्तर आइरहेका छन् । चलचित्र नाईं नभन्नु ल ४, जोनी जेन्टलम्यान र शत्रु गतेमा आप जोडीले एक साथ काम गरेकन हुन् ।

यति बेला पल शाह स्टारर चलचित्र वीरविक्रम २ जेठ ३ गतेबाट रिलिज हुँदैछ भने मह सञ्चारको प्रस्तुतिमा आँचल शर्मा अभिनित दालभात तरकारी यहि वैशाख २० गते बाट देशभर प्रदर्शन हुँदैछ ।

भिडियोमा हेर्नुहोस् पल र आँचलको विवाह

मिस नेपाल निकिता चण्डकको डेब्यु फिल्ममै लफडा


हिमाल न्यौपानेको निर्देशनमा प्रेम, मित्रता तथा पुत्र मोहको विषय समेट्ने फिल्म ‘रानी महल’को घोषण गरियो । डेढ करोड लगानी अनुमान गरेर सुरु गरिएको फिल्मको ४५ दिनको सुटिङ सेड्युल थियो । छायांकान बुटवल, भैरहवा, चितवन, स्याङ्जा, पोखरा, पाल्पा र काठमाडौंमा गर्ने कार्यक्रम थियो ।

फिल्ममा वर्षा शिवाकोटी, आशिष अधिकारी, नीर शाह, रश्मी भट्ट, बिएस राना, प्रशान्त ताम्राकार, साहिल श्रेष्ठ, मानस्वी खरेल मुख्य भूमिकामा थिए । पछि वर्षा र प्रशान्तले फिल्माबाट हात झिके । मिस नेपाल २०१७ निकिता चण्डक प्रवेश गरिन् । चाण्डकको यो डेब्यू मुभी थियो । उनको प्रवेशले फिल्मले राम्रो हाइप पाइसकेको थियो । तर, फिल्म बीचमै रोकियो, अलपत्र पर्याे । सुटिङमा जान नपाउँदै फिल्मको बजेट सकेको जानकारी मिडियामा आएको थियो । निकिताको पहिलो फिल्म ‘रानी महल’ नहुने भयो । उनी अहिले विराज भट्टको ‘साङ्लो’ मा अनुबन्ध भएकी छन् ।

फिल्म ‘साङ्लो’ पनि यतिवेला लफडामा परेको छ । प्रोडक्शन डिजाइनर शंकर पाण्डे र विराज बीच हात हालाहालको अवस्था सिर्जना भयो । यस विषयमा विराजले माफी पनि मागिसेकका छन् । यस घटनाले पनि फिल्मको काम अझ पर धकेलिने भएको छ । पहिलो गाँसमै ढुङ्गा भनेझैँ भएको निकितालाई दाश्रो फिल्मबाट पनि सोही नियति त भोग्नु पर्ने त होइन ? फिल्मी फण्डा बाट साभार

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0