टीपरले फेरी लियो ज्यान : १२ को परिक्षा दिएर फर्किदै गरेकी युवतीको ज्यान गयो

Spread the love

टिपरको ठक्करबाट बुटवलको पाखापानीमा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका-१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो ।

उनी बुटवलको हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पस (ब्यबस्थापन संकाय) कक्षा १२ मा अध्ययनरत छात्रा हुन् । उनी परीक्षा दिएर बुबासँग स्कुटरमा घर फर्किदै थिइन् । स्कुटर चालक घनश्याम भण्डारीको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले ठक्कर दिएको आशंकामा लु२ख १९०३ र लु१ख ६२३३ नम्बरका दुईवटा टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

दोषिलाई तुुरुन्त कारबाहीको माग गर्दै अहिले सिद्धार्थ गौतमबुद्ध क्याम्पसका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् ।

दोषिलाई तत्काल पक्राउ गरी कारबाही नगरे सडक नै ठप्प पारेर थप आन्दोलन गर्ने नेविसंघ सिद्धार्थ गौतमबुद्ध क्याम्पस इकाइ सभापति महेश शर्मा पौडेलले चेतावनी दिए ।

विद्यार्थीको प्रदर्शनले बुटवलको तामनगर क्षेत्रमा पूर्वपश्चिम राजमार्ग २ घण्टादेखि अबरुद्ध भएको छ ।